नियम
स्वयंसेवक वा सहयोगी संस्थाको नियुक्ति र परिचालन
(१) कोषको कार्यक्रमको प्रवद्र्धन गर्न कोषले पचहत्तर वटै जिल्लामा एक—एक जना स्वयंसेवक वा सहयोगी संस्था नियुक्ति गर्नेछ ।
(२) स्वयंसेवक वा सहयोगी संस्थाको छनौट गर्दा परियोजना विकास गर्न सक्ने, स्थानीय स्तरमा परिचालित हुन सक्ने, तालिम कार्यक्रम सञ्चालन गर्न सक्ने जस्ता विशेषतालाई आधार मानि स्थानीय व्यक्ति वा संस्था मध्येबाट छनौट गरिनेछ ।
(३) स्वयंसेवक वा सहयोगी संस्थाको नियुक्ति करारमा तोकिएको सुविधा दिने गरी आवधिक समयको लागि गरिनेछ ।
(४) स्वयंसेवक वा सहयोगी संस्थाहरु कोषप्रति जवाफदेहि हुनेछन् ।
(५) स्वयंसेवक वा सहयोगी संस्थाले कोषको उद्देश्य अनुरुपको कार्यक्रम प्रवद्र्धन गर्न अभिमूखिकरण कार्यक्रम, परियोजना विकास सम्बन्धी तालिम र अन्य प्रचारात्मक तथा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेछ ।